काठमाडौं– कमलपोखरीस्थित सिटी सेन्टरले दसैं–तिहार लक्षित योजना ल्याएको छ । सपिङ मलमा आउने ग्राहकलाई सुविधा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको सिटी सेन्टरको विज्ञप्तिमा उल्लेख छ ।

किनमेल गर्ने ग्राहकलाई मात्र योजनामा सामेल गर्ने प्रचलन रहेकोमा सिटी सेन्टरले यसपालिको चाडपर्व योजनामा दायरा फराकिलो पारेको छ । असोज १६ देखि सुरु भएको यस योजनाबाट सिटी सेन्टरमा भिजिट गर्ने जो–कसैले योजनामा सामेल हुन पाउने सिटी सेन्टर व्यवस्थापनले जनाएको छ ।

सपिङ मलमा आउने ग्राहकलाई डेली लक्की ड्र, सपिङ भौचरका साथै विक्ली लक्की ड्र तथा ग्रान्ड लक्की ड्रमा समावेश गराइने छ । लक्की ड्रको कुपनमार्फत विजेताका लागि चितवन, पोखरा लगायत ठाउँका होटलमा खाने–बस्ने व्यवस्था प्रदान गरिने छ ।

यस बाहेक सिटी सेन्टरमा रहेका व्यवसायीले यस पावन अवसरमा ५० प्रतिशतसम्म छुट, बाइ वान गेट वान फ्री लगायतका अन्य आकर्षक छुट र अफर प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य मापदण्डलाई पूर्ण पालनामा जोड दिएर सरकारी निर्देशन अनुसार सिटी सेन्टर पुनः सञ्चालनमा ल्याइएको हो । यसै अवसरमा नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा सिटी सेन्टरमा स्वदेशी उत्पादनको मेला समेत सुरु भएको छ ।

असोज २१ गतेबाट सिटी सेन्टरमा रहेका ३ वटै फिल्महल पुनः सञ्चालनमा आउने सिटी सेन्टरले जनाएको छ । चाडपर्व लक्षित मलको योजना एवं फिल्म हल सञ्चालनमा आएपछि ग्राहकको आकर्षण बढ्नेमा सिटी सेन्टर व्यवस्थापन विश्वस्त छ । यो योजना आगामी कात्तिक २४ सम्म चल्ने सिटी सेन्टरद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय