काठमाडौं– नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी उपलब्ध गराउने विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर उपलब्ध गराउने भएको छ । कम्पनीले डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने जनाएको छ ।

उक्त अफर कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ । यसैगरी, तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् ।

डाटा प्याक अन्तर्गत दुई सय ९४ मा २० जिबी डाटा १० दिनभित्र र ९८ मा ६ जिबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

त्यसैगरी, एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबिपिएस गतिको अनलिमिटेड प्याक ६९ मा उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र पाँच सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने एक हजार तीन सय मिनेटको प्याक उपलब्ध हुनेछ ।

त्यस्तै, अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने कम्पनीले जनाएको छ । दुई सयदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सय रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय