काठमाडौं– एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले यस वर्ष सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
असोज १८ गते बसेको संस्था सञ्चालक समितिको बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि संस्थाले उक्त लाभांश वितरण गर्नेछ ।









