काठमाडौं– नेपाल टेलिकमले एफटिटिएचको ट्रिपल प्ले (भ्वाइस, डेटा र टिभी) सेवा लिने ग्राहकलाई एक वर्षसम्म आकर्षक छुट दिने अफर ल्याएको छ ।

टेलिकमले एफटिटिएच आइपिटिभी अफर अन्तर्गत २५ एमपिपिएस ब्यान्डविथ वार्षिक १५ हजार ९८० रुपैयाँमा दिने जनाएको छ । ४० एमपिपिएसको वार्षिक १७ हजार १०० रुपैयाँ र ८० एमपिपिएसको वार्षिक २२ हजार ५०० रुपैयाँ पर्ने टेलिकमले जनाएको छ । वार्षिक सेवा लिने ग्राहकलाई टेलिकमले नै सेटअप बक्स उपलब्ध गराउने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

तीन महिने सेवा लिन २५ एमपिपिएसको ४१ सय, ४० एमपिपिएसको ५५ सय र ८० एमपिपिएसको ७२ सय रुपैयाँ पर्ने टेलिकमले जनाएको छ ।
यो सेवा मासिक लिँदा २५ एमपिपिएसको १४ सय, ४० एमपिपिएसको १८ सय ५० र ८० एमपिपिएसको २४ सय ५० रुपैयाँ पर्ने टेलिकमको विज्ञप्तिमा उल्लेख छ ।

एफटिटिएचमा उपलब्ध सेवामध्ये भ्वाइस र डेटा मात्रै पनि सहुलियत दरमा लिन सकिने बताइएको छ । २५ एमबिपिएस डेटा एक हजार, ४० एमपिपिएस डेटा १५ सय र ८० एमपिपिएस डेटा दुई हजार रुपैयाँमा पाइने टेलिकमले जनाएको छ ।

यही सेवा तीन महिनाका लागि लिँदा २५ एमपिपिएस डेटाको २८ सय ५० रुपैयाँ, ४० एमपिपिएसको ४२ सय र ८० एमपिपिएसको ५५ सय पर्ने टेलिकमले जनाएको छ । वार्षिक लिँदा २५ एमपिपिएसको १० हजार पाँच सय, ४० एमबिपएसको १५ हजार तीन सय र ८० एबिपिएसको २० हजार पाँच सय रुपैयाँ पर्ने बताइएको छ ।

वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई टेलिकमले प्रतिदिन ३०० एमबी मोबाइल डेटा पनि उपलब्ध गराउने छ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेज खरिदमा क्रमशः २५०, ७५० र तीन हजार मिनेट अननेट फ्री भ्वाइस कल सुविधा उपलब्ध गराउने जनाएको छ ।

एफटिटिएचबाट डेटा सेवा मात्र लिन चाहने ग्राहकका लागि टेलिकमले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने जनाएको छ । डेटा सेवा मात्र एक वर्षका लागि लिँदा ५० एमबिपिएसको ४८ सय, ८० एमबिपिएसको ३२ हजार आठ सय र १०० एमबिपिएसको ४० हजार आठ सय रुपैयाँ पर्ने टेलिकमले जनाएको छ ।

तीन महिनाको लागि डेटा सेवा लिँदा ५० एमबिपिएसको १२ हजार ६ सय, ८० एमबिपिएसको १६ हजार पाँच सय र १०० एमबिपिएसको २० हजार रुपैयाँ पर्ने टेलिकमले जनाएको छ । एक महिनाको लागि ५० एमबिपिएसको ४५ सय रुपैयाँ, ८० एमबिपिएसको ६ हजार रुपैयाँ र १०० एमबिपिएसको ७५ सय रुपैयाँ पर्नेछ ।

यसैगरी, डेटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकलाई टेलिकमले प्रिमियम इन्टरनेट सेवासहित आइपिटिभी प्याक उपलब्ध गराउने छ । यो प्याकको सेवा एक महिनाका लागि लिँदा ५० एमबिपिएसको ५१ सय ७८ रुपैयाँ, ८० एमबिपिएसको ६६ सय ७८ र १०० एमबिपिएसको ८१ सय ७८ रुपैयाँ पर्ने टेलिकमले जनाएको छ ।

तीन महिनाको सेवा लिँदा ५० एमबिपिएसको १४ हजार ५२३ रुपैयाँ, ८० एमबिपिएसको १८ हजार ४२३ रुपैयाँ र १०० एमबिपिएसको २१ हजार ९२३ रुपैयाँ पर्नेछ । एक वर्षको सेवा लिँदा ५० एमबिपिएसको ३१ हजार ३०९ रुपैयाँ, ८० एमबिपिएसको ३९ हजार ३०९ रुपैयाँ र १०० एमबिपिएसको ४७ हजार ३०९ रुपैयाँ पर्ने बताइएको छ । टेलिकमले यो प्याकको खरिदमा सेटअप बक्सको शुल्क समावेश नगरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय