काठमाडौं– साबिकको तुलनामा १० प्रतिशतभन्दा बढी ब्याज बढाउन नदिने नेपाल राष्ट्र बैंकको निर्देशन र बैंक, वित्तीय संस्थाको सोही बमोजिमको कदमले पनि सेयर बजारको गिरावट रोक्न नसकेको देखिएको छ ।

राष्ट्र बैंकको हस्तक्षेपपछि साबिकको तुलनामा १० प्रतिशतभन्दा बढी ब्याज तोकेका बैंकहरुले ब्याजदर घटाए पनि बिहीबार सेयर बजार ओरालो लागेको छ ।

यस दिन सुरुमा केही बढको सेयर मूल्य बजार बन्द हुने बेला १४.७ बिन्दुले ओर्लेको छ । कारोबार रकम पनि २ अर्ब ६३ करोडमा सीमित भएको छ ।

कात्तिक १ गते बैंक वित्तीय संस्थाले नयाँ ब्याजदर प्रकाशित गरेपछि त्यसले लगानीकर्ता निरुत्साहित भएको भन्दै विरोध गरिएको थियो ।

बिहीबार बजार बन्द हुँदा नेप्से २५५७ कायम भएको छ । यस दिन अन्य र सामूहिक लगानी कोषबाहेक सबै सूचक ओरालो लागेको छ ।

घटेको बजारमा मेरो माइक्रोफाइनान्सको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कारोबार हुनेमा सानिमा बैंक परेको छ । सानिमाको २७ करोड १२ लाखको सेयर किनबेच भएको छ ।

३० वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा १५१ कम्पनीको मूल्य ओरालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय