काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७–७८ सम्मको सञ्चित मुनाफाबाट आकर्षक बोनस सेयर वितरण गर्ने भएको छ ।
शुक्रबार सम्पन्न संस्थाको सञ्चालक समिति बैठकले चुक्तापुँजी पुँजीको ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँछ । संंस्थाले दुई करोड ८ लाख ४२ हजार १०५.२६ रुपैयाँ बराबरको प्रतिफल बोनस सेयर र नगद लाभांशको रुपमा वितरण गर्ने जनाएको छ ।
कुल प्रतिफलमा ३० प्रतिशत बोनस सेयर र १.५७ प्रतिशत नगद हुने बताइएको छ । नगद लाभांश कर प्रयोजनको लागि हो । यो रेन्जको प्रतिफललाई आकर्षक मानिएको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित प्रतिफल सेयरहोल्डरलाई वितरण हुनेछ ।









