काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ ।
शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि ९२ हजार १०० तोकेको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा यहाँँ दैनिक रुपमा सुन र चाँदीको कारोबार मूल्य तोक्ने गरेको छ । महासंघले तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० तोकेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला रु ९१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० रुपैयाँ पुगेको छ । चाँदी शुक्रबार प्रतितोला एक हजार २५० मा कारोबार भएको थियो ।









