काठमाडौं– मुक्तिनाथ विकास बैंकले ‘सर्वाधिक ब्याज दिने उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ। खातावालको दुर्घटनाबाट निधन भएमा १० लाख रुपैयाँ तथा अशक्त बिमा सुविधासहित ५.५ प्रतिशत मासिक ब्याज दिने खाता सुरु गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

ग्राहकले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्ने र उक्त बचत खातामा बैंकले वार्षिक ५.५० प्रतिशतको दरले मासिक रुपामा ब्याज भुक्तानी गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले यो खाता खोल्ने ग्राहकलाई पहिलो वर्षको लागि निःशुल्क डेबिट कार्ड र हरेक वर्ष निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङ सेवा दिने जनाएको छ।
बैंकले न्यूनतम लगानीमा उच्च प्रतिफल खोज्ने ग्राहकका लागि यो खाताले फाइदा पुग्ने जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय