काठमाडौं– निजी लगानीको सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्मको सञ्चित मुनाफाबाट यस वर्ष वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बैठकले यस वर्ष १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन् ।

सिद्धार्थको हालको चुक्ता पुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९९ रुपैयाँ छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ६० करोड ६६ लाख ४४ हजार ७८ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय