काठमाडौं– एनआइसी एसिया बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांशको रुपमा बोनस सेयर दिने भएको छ ।

सोमबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष मुनाफाबाट चुक्ता चुजीको १५ प्रतिशत (१ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ) बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत (९ करोड १२ लाख रुपैयाँ) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीको डिम्याट खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय