काठमाडौं– बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
सोमबार सम्पन्न बैंक सञ्चालक समतिको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत (कर सहित) नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।









