काठमाडौं– नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीले सेयरधनीलाई नगद लाभांश प्रदान गर्दा सबै विवरण स्पष्ट हुने गरी बैंक खातामा रकम पठाउन निर्देशन दिएको छ ।

सूचीकृत कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको लाभांश सेयरधनीको बैंक खातामा जम्मा गर्दा बैंक स्टेटमेन्टमा सेयर रजिस्ट्रारको मात्र नाम आउने गरेका सन्दर्भमा बोर्डले सबै विवरण खुल्ने गरी लाभांश पठाउन निर्देशन दिएको हो ।

बोर्डका अनुसार पछिल्लो समय कुन कम्पनीको, कुन आर्थिक वर्षको र कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकेको भन्ने गुनासो सेयरनीबाट आइरहेको छ ।

बोर्डले जारी गरेको निर्देशनानुसार अब कम्पनीले आफैं वा आफ्ना सेयर रजिस्ट्रारमार्फत सेयरधनीका बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, रकम आदि खुल्ने गरी पठाउनुपर्नेछ ।

साथै कम्पनीले यसरी लाभांश पठाउँदा क्लियरिङ हाउस लिमिटेडले तोकेका ढाँचामा सूचित गर्नुपर्ने विषयसमेत स्पष्ट खुलाउन बोर्डले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय