काठमाडौं– बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । स्थानीय बजारमा आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० तोकिएको छ । बुधबार सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९०० छ । बुधबार तेजावी सुन ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १२५० तोकिएको महासंघले जनाएको छ । चाँदी बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।









