काठमाडौं– एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज रहने अवधि तोकेको छ ।
संस्था सञ्चालक समितिको बैठकले कात्तिक २३ देखि मंसिर ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
अब कात्तिक २२ गतेसम्म दोस्रो बजारबाट उक्त संस्थाको सेयर खरिद गर्ने सेयरधनीले संस्थाले घोषणा गरेको बोनस सेयर पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।









