हेटौंडा– वाग्मती प्रदेशको मुख्यमन्त्रीका रुपमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिनुभएको गरेका छन् ।

बिहीबार दिउँसो प्रदेश प्रमुख यादवराज शर्मासमक्ष उनले प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री पाण्डेले आजै तीनमन्त्री नियुक्त गर्दै चार सदस्यीय मन्त्रिपरिषद् बनाएका छन् ।

उनले नेकपा (माओवादी) केन्द्रकी कुमारी मोक्तानलाई सामाजिक विकास, नेपाली कांग्रेसका कृष्णलाल भडेललाई भौतिक पूर्वाधार विकास र नेकपा (एस) का कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरुले पनि आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय