काठमाडौं– एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने भएको छ ।

गत शुक्रबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ ।

एनएमबिको चुक्ता पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँ ६६ पैसा छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय