काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले चालु वर्षको पहिलो त्रैमासमा १ अर्ब ३५ करोड ६३ लाख ४७ हजार ९६० रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । यो मुनाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६३ करोड २० लाख ६५ हजार ७२१ रुपैयाँले बढी हो ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यसको सञ्चालन मुनाफा ७२ करोड ४२ लाख ८२ हजार २३९ रुपैयाँ थियो । योसँगै बैंकको पहिलो त्रैमासको प्रतिसेयर आम्दानी ३३.६१ रुपैयाँ पुगेको छ ।

१० अर्ब ९६ करोड २२ लाख १९ हजार १९९ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको निष्कृय कर्जा गत वर्षको १.३२ प्रतिशतबाट ०.५४ प्रतिशतमा झरेको छ । ब्याज आम्दानी, शुल्क र कमिसन आमदानी तथा अन्य सञ्चालन आम्दानीमा भएको उल्लेख सुधार र निष्कृय कर्जामा आएको गिरावटले बैंकको सञ्चालन मुनाफा बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय