काठमाडौं– सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनी १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
शनिबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले यसपालि चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बोनश वितरणपछि यो कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १२२ रुपैयाँ पुग्नेछ । नियामक निकाय बिमा समितिको स्वीकृति र कम्पनीको साधारणसभाले पारित गरेपछि प्रस्तावित लाभांश सेयरधनीले पाउनेछन् ।









