काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडले गत साउनदेखि असोज मसान्तसम्मको तीन महिनामा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ ।

बैंकले उक्त अवधिमा व्यवसायतर्फको कर्जामा वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशत (७४ अर्ब) ले वृद्धि गरी कुल कर्जा रकम २७७.८५ अर्ब पुर्याएको र निक्षेप वार्षिक बिन्दुगत आधारमा २६.९९ प्रतिशत (६५.२९ अर्ब) ले वृद्धि गरी कुल निक्षेप संकलन ३११.४५ अर्ब पुर्याएको जनाएको छ । ‘बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ १.१८ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन २७ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो,’ बैंकको विज्ञप्तिमा भनिएको छ । यसैगरी, उक्त अवधिमा बैंकको स्व–पुँजीमा प्रतिफल २१.३९ प्रतिशत छ । यो पनि २७ वटै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी भएको उसको दाबी छ ।

उक्त अवधिमा बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३९.६५ रुपैयाँ कायम भएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्दा निष्कृय कर्जालाई पहिलो त्रयमाससम्ममा ०.४९ प्रतिशतमा सीमित राख्न सकेको जनाएको छ । बैंकले विभिन्न १० वटा सूचकमा पहिलो रहेको दाबी पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय