काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ ।
कम्पनी सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको ८ प्रतिशतले हुने आउने एक अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.४२ प्रतिशतका दरले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









