काठमाडौं– एनआइसी एसिया बैंकले मोबाइल बैंकिङ एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधाको सुरु गरेको छ ।
उक्त बैंकमा खाता खोली बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले बैंकका देशभर रहेका ४७३ वटा एटिएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ ।
बैंकको यो सुविधा प्रयोग गर्न बैंकको एनआइसी एसिया मोब्यांक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस विथड्रल आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेका रकम उल्लेख गरेर ट्रान्जेक्सन पिन वा फिंगरप्रिन्ट राखेर भेरिफाई गरेपछि आफ्नो बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटिपी प्राप्त हुनेछ । सोही ओटिपी एटिएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी विथड्रल आइकनमा थिचेपछि चोहको नगद रकम प्राप्त हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।









