काठमाडौं– नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत रुपमा चयन भएका छन् । संघको ३५औं साधारणसभामार्फत आज नयाँ कार्यसमिति औपचारिक रुपमा सार्वजनिक गरिएको हो । उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) हुन् । सानिमा विकास बैंकका सिइओ भुवनकुमार दाहाल निवर्तमान अध्यक्ष भएका छन् ।
संघको उपाध्यक्षमा एनएमबी बैंकका सिइओ सुनिक केसी सर्वसम्मत रुपमा चुनिएका छन् । संघको सदस्यमा लक्ष्मी बैंकका सिइओ अजय विक्रम शाह, मेगा बैंकका सिइओ अनुपमा खुञ्जेली, नेपाल एसबिआई बैंकका सिइओ दीपककुमार देव, नेपाल बैंक लिमिटेडका सिइओ कृष्ण अधिकारी, एनआइसी एसियाका सिइओ रोशन न्यौपाने, माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला र सनराइज बैंकका सिइओ सुमन शर्मा चयन भएका छन् ।
सल्लाहकारमा अनिलकेशरी शाह, अशोकशमशेर राणा र ज्ञानेन्द्र ढुंगाना चयन भएका छन् ।









