काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य फेरि बढाएको छ । दुई साताअघि मूल्य बढाएको निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

खाना पकाउने ग्यासको मूल्य ७५ रुपैयाँ बढाएको छ । अब खाना पकाउने ग्यास एक सिलिन्डरका लागि उपभोक्ताले १५७५ रुपैयाँ तिर्नुपर्नेछ । पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ । डिजेल र मटिट्तेलको लागि प्रतिलिटर ११९ रुपैयाँ तिर्नुपर्नेछ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको निगमले जनाएको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

नयाँ मूल्य बुधबार रातिदेखि लागू हुने निगमले जनााएको छ । यसपटक मूल्य बढाउँदा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा रहेको निगमको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय