काठमाडौं– लक्ष्मी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोसन सेयर र नगद लाभांश दिने भएको छ ।
बिहीबार सम्पन्न बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद र बोनस सेयरी गरी कुल ११.५ प्रतिशत लाभांश वितरण गर्नेछ ।
नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि प्रस्तावित प्रतिफल सेयरधनीले पाउनेछन् ।









