काठमाडौं– वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ सम्मको वितरणयोग्य मुनाफबाट लगानीकर्तालाई बोनस सेयर दिने भएको छ ।

बिहीबार सम्पन्न संस्था सञ्चालक समितिको बैठकले यसपटक सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ छ ।

उक्त संस्थाको बोनस सेयरमा कर तिर्नु नपर्ने भएकोले संस्थाले नगद लाभांशको व्यवस्था गरेको छैन । वोमी ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग गाभिएर एकीकृत कारोबार सुरु गरिसकेकोले बोनस सेयरमा कर छुट पाएको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि प्रस्तावित बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय