भक्तपुर– व्यवसायी शिवप्रसाद मानन्धर भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बनेका छन् । साबिकका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानको व्यवस्था अनुसार उनी अध्यक्ष बनेका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण) कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष (वस्तुगत) राजेन्द्रप्रसाद प्रजापति र उपाध्यक्ष (एसोसिएट) मा गणेशहरि प्रजापति चुनिएका छन् । त्यसैगरी, महासचिवमा दिनेश गोसाई, सचिवमा विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मतिबाट चुनिएका छ ।
सदस्यमा नविन प्रजापति, अमरबहादुर मानन्धर, पृथ्वीभक्त प्रजापति, ऋषिकेश श्रेष्ठ, रञ्जित मारिखू, रुकेश रञ्जित, गोकर्ण न्यौपाने, गौतम सुजखू, नरेश सुकुपायो, राजेश त्वानाबासु (राजु) सर्वसम्मत चुनिएको संघले जनाएको छ । सदस्यमा (वस्तुगत) श्यामप्रसाद मानन्धर, सदस्य (एसोसिएट) जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ लामा, कार्यसमिति सदस्य (महिला) आस्था शाख र श्रीया बल्ल चुनिएका छन् ।
निर्वाचित पदाधिकारीलाई शनिबार नै पद हस्तान्तरण गरिएको निवर्तमान अध्यक्ष प्रदीप श्रेष्ठले जानकारी दिए ।









