काठमाडौं– इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष ०७७/७८ सम्मको वितरण योग्य नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

संस्थाको शनिबार सम्पन्न सञ्चालक समिति बैठकले २९.१६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पुँजीको २७.७० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

हाल संस्थाको चुक्ता पुँजी ३२ करोड ४६ लाख ३ हजार ४७२ रुपैयाँ रहेको छ भने लाभांश वितरणपछि ४१ करोड ४५ लाख १८ हजार ६३३ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय