काठमाडौं– निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहीबार सम्पन्न सञ्चालक समिति बैठकले यस वर्ष सेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेको छ ।
बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्ता पुँजीको २९.५ प्रतिशत बोनस सेयर र १.५५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि हो ।
संस्थाले बोनस सेयर र नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई र संस्थाको आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।









