काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वदेश पठाएको रकम बैंक खातामै जम्मा गरेको खण्डमा थप ब्याज पाउने भएका छन् ।
रेमिटेन्सबाट प्राप्त रकम फजुल वा अनुत्पादक क्षेत्रमा खर्च हुनबाट रोक्न राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत उक्त रकम बैंक वा वित्तीय संस्थामा जम्मा गरेको खण्डमा थप ब्याज दिने व्यवस्था गरेको हो ।
अब विदेशमा रहेका नेपालीले पठाएको विप्रेषण रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरे गरेको खण्डमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ । उदाहरणको लागि कुनै बैंकले सामान्य बचतकर्तालाई ६ प्रतिशत ब्याज दिइरहेको छ भने विप्रेषण बचतलाई कम्तीमा ७ प्रतिशत दिनुपर्ने हुन्छ ।









