काठमाडौं– नेपालको सुनचाँदी बजारमा आइतबार सुनको मूल्य बढेको छ । यस दिन सुन तोलामा २०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो साता सुन तोलामा २०० ले बढेर प्रतितोला ९१ हजार ९०० तोकिएको थियो ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २१० मा कारोबार भइरहेको छ । शुक्रबार पनि चाँदीको मूल्य घटेर एक हजार २२५ मा कारोबार भएको थियो ।









