काठमाडौं– सोमबार नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य यस दिन प्रतितोला १०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ, जसको मूल्य आइतबार प्रतितोला ९१ हजार ६०० तोकिएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २२० तोकिएको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय