काठमाडौं– नेपाली सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १०० ले घटेर ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९१ हजार ४०० मा कारोबार भइरहेको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५०० थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २०५ तोकिएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय