काठमाडौं– नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आर्थिक वर्ष ०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ ।
मंगलबार सम्पन्न सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६८० रुपैयाँको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा ८ प्रतिशतले हुन आउने ८२ करोड ५१ लाख ६१ हजार ३३४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतले हुन आउने ४ करोड ३४ लाख २९ हजार ५५४ रुपैयाँबराबरको नगद लाभांश रहेका छन् ।
बैंकद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ ।









