काठमाडौं– बुधाबार छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९१ हजार ५०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार तेजाबी सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । त्यसको मूल्य मंगलबार प्रतितोला ९१ हजार ४०० रहेको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २०० तोकिएको महासंघले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ ।









