काठमाडौं– मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंसिर २२ गते सम्पन्न सञ्चालक समिति बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

बैंकद्वारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय