काठमाडौं– नेपाली सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भइरहेको छ । जसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो ।

त्यस्तै, यस दिन चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २१० तोकिएको महासंघले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय