काठमाडौं– मल्टिपर्पस फाइनान्स कम्पनी लिमिटेडले यस वर्ष लगानीकर्तालाई दिने प्रतिफल घोषणा गरेको छ ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा १३ प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश हुनेछ । नगद लाभांश कर प्रयोजनका लागि हो ।

मंगलबार सम्पन्न संस्था सञ्चालक समितिको बैठकले सो परिमाणमा प्रतिफल दिने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय