काठमाडौं– महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर (ब्रान्ड दूत) नियुक्त गरेको छ ।
टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्य र महजोडीका मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीका विभिन्न सेवा सुविधाका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरको भूमिका सहयोगी हुने कम्पनीको विश्वास छ ।
सम्झौतामा टेलिकमका सेवाको प्रचारात्मक कार्य, ब्रान्ड प्रवर्द्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्य गर्ने गरी एक वर्षको लागि सम्झौता गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।









