काठमाडौं– नेपाली सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७०० ले बढेर ९३ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भइरहेको छ । जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर एक हजार २३५ तोकिएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ ।









