काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक यस दिन ३७.८७ अंकले घटेर दुई हजार ३७६.७४ अंकमा बन्द भएको छ ।
बुधबारको तुलनामा यस दिन कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको सेयर कारोबार भएकोमा बिहीबार साढे दुई अर्ब पनि पुग्न सकेन ।
यस दिन २२४ कम्पनीका ५३ लाख ७९ हजार ८६० कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम दुई अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रहेको छ ।
बिहीबार नेपाल बंगालदेश बैंकको ९.९९ प्रतिशत र स्वाभिमान लघुवित्तको ५.३५ प्रतिशतले बढ्दा ग्रिनलाइफ हाइड्रको ७.५९ र मैलुङ खोला जल विद्युतको ७.५१ प्रतिशतले सेयर सम्पत्ति घटेको छ ।









