काठमाडौं– शुक्रबार बजारमा सुनको मूल्य हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले आजका लागि अघिल्लो दिनको तुलनामा हजार रुपैयाँ बढाएर सुनको मूल्य तोकेको हो । योसँगै छापावाल सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुन ९३ हजार रुपैयाँमामा किनबेच भएको थियो ।
महासंघले शुक्रबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकेको छ । बिहीबार यसको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २५० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १८०३ डलर आसपास कारोबार भइरहेको छ ।









