काठमाडौं– नेपाली सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९३ हजार २०० पुगेको छ । अघिल्लो दिन पहेँलो धातु प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भइरहेको छ । जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर एक हजार २५० रहेको महासंघले जनाएको छ ।









