काठमाडौं– नेपाली सुनचाँदी बजारमा साताको अन्तिम दिन छापावाल सुनको मूल्य प्रतितोला ६०० ले बढेको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार १०० मा कारोबार भएको पहेँलो धातुको मूल्य शुक्रबार प्रतितोला ९२ हजार ७०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रहेको छ, जुन बिहीबार प्रतितोला ९१ हजार ६०० थियो ।

त्यस्तै शुक्रबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६० पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८१८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय