काठमाडौं– सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार १००मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९१ हजार ७०० मा कारोबार भइरहेको छ, जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५० तोकिएको महासंघले जनाएको छ ।









