काठमाडौं– सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको सुनको मूल्य यस दिन घटेर प्रतितोला ९१ हजार ३०० पुगेको हो । सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रहेको छ ।

यस्तै यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । यो मूल्य हिजोको तुलनामा ५ रुपैयाँले कम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय