काठमाडौं– बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँचजनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँचजनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।

साथै उनीहरूलाई जनही ५–५ हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार गोरखाको सहिद लखन गाउँपालिका–३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका–११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ ।

दुईजनाको नाम भने खुलाइएको छैन । प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय