काठमाडौं– आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतवार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभावले देशको सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्विनी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने बताइएको छ ।

विभागले चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जनाएको छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय