काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा प्रिमियम खल्तीबाट तिर्दा प्रयोगकर्ताले हजार रुपैयाँसम्म क्यासब्याक पाउने अफर ल्याएको छ । साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमो कोड प्रयोग गरी १०० रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्ने खल्तीको विज्ञप्तिमा उल्लेख छ ।
कोरोना भाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्तालाई भाइरसको सम्पर्कबाट बच्न मदत गरेकाले लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको कम्पनीको भनाइ छ ।
यस सुविधाबारे टिप्पणी गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ । धेरै बिमा ग्राहकले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन् । डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो ।’









