काठमाडौं– जलविद्युत् क्षेत्रमा लगानी गर्न खुलेको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) वित्तीय संस्था भएको छ । नेपाल राष्ट्र बैंकले एचआइडिसिएललाई बैंक तथा वित्तीय संस्थाको मान्यता दिएको हो ।

राष्ट्र बैंकको बैंक सञ्चालक समितिको बैठकले वित्तीय संस्थाको मान्यता दिएको बताइएको छ । एचआइडिसिएललाई बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम वित्तीय संस्थाको मान्यता दिइएको केन्द्रीय बैंकले जनाएको छ । एचआइडिसिएल ऊर्जा क्षेत्रको विकासका लागि स्थापना भएको हो । उक्त संस्थाको पुँजी २२ अर्ब रूपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय