काठमाडौं– सरकारले माघ १९ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका अनुसार सोनाम ल्होसारका अवसरमा सबै सरकारी कार्यालय र सार्वजनिक संस्थामा बिदा दिने निर्णय भएको हो ।
गृह मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी माघ १७ गते सम्पन्न मन्त्रिपरिषद् बैंठकले सोनाम ल्होसारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको छ ।
गृह मन्त्रालयले नयाँ वर्षको सुरुमा राजपत्रमार्फत सार्वजनिक गरेको बिदाको सूचीमा कतिपय पर्वहरु नपरे पनि सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत बिदा दिँदै आएको छ ।









